गृहपृष्ठ चौतारी र प्रेस सेन्टर एकताका लागि बैठक

चौतारी र प्रेस सेन्टर एकताका लागि बैठक

ओली र दाहालले संयुक्त सम्बोधन गर्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै अध्यक्षले शुक्रबार संयुक्त सम्बोधन गर्दैछन् । तत्कालिन एमाले निकट प्रेस चौतारी र माओवादी केन्द्र निकट प्रेस सेन्टरको संयुक्त बैठकलाई नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्बोधन गर्न लागेका हुन् । बैठक आज दिउँसो धुम्बाराहीस्थित पार्टी कार्यालयमा बस्नेछ ।

एकता सम्बन्धमा निर्णय गर्न बिहीबार प्रेस चौतारीको बैठक लगतै आज प्रेस सेन्टरको बैठक भइरहेको छ । दुबै संगठनले बैठकका लागि आफ्नो पूर्व पार्टीसँग सम्बन्धित भएर एक अर्कासँग सम्बन्धित पार्टीको केन्द्रीय कार्यालय प्रयोग गरेका छन् ।

पूर्व एमालेसँग आवद्ध प्रेस चौतारीको केन्द्रीय समितिको बैठक बिहीबार पूर्वमाओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्यो भने शुक्रबार अहिले पूर्व एमालेको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा पूर्व माओवादी केन्द्र निकट प्रेस सेन्टरको बैठक बसिरहेको छ ।

प्रकाशित समय १२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु