गृहपृष्ठ देउवाको पाराले कांग्रेस माथि उठ्दैन : गगन थापा

देउवाको पाराले कांग्रेस माथि उठ्दैन : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसलाई माथि उठाउन सभापति शेरबहादुर देउवाकै पाराले नहुने भन्दै चर्को आलोचना गरेका छन् । सभापति देउवासँग पार्टीलाई पुरानै अवस्थामा फर्काउन सक्ने ल्याकत नरहेको उनको आरोप छ ।
‘देउवाबाट पार्टी उँभो लाग्दैन,’ शुक्रबार पोखरामा आयोजित कार्यक्रममा नेता थापाले भने, पार्टीलाई पहिलाको अवस्थामा फर्काउन पुरानाले ठाउँ खाली गर्नुपर्छ ।’ महासमितिको भेलाले सिंगो देशलाई एकताबद्ध बनाउने गरी विचार र नेतृत्वको विकास गर्नुपर्ने उनको भनाइ छ । युवा नेता थापाले कम्युनिस्टको दुई तिहाइबाट नआत्तिन कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित समय १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु