गृहपृष्ठ अमेरिकामा १८ नेपाली पक्राउ

अमेरिकामा १८ नेपाली पक्राउ

अमेरिकामा १८ नेपाली सहित अवैध ८० आप्रवासी पक्राउ परेका छन् । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरेपछि १८ नेपालीसहित झण्डै ८० जना दक्षिण एसियालीहरू पक्राउ परेका हुन् ।
मध्यमस्तरको सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये पूर्वी भारतका ५२ जना र नेपालका १८ जना छन् । त्यसबाहेक पाँच चिनियाँ र ३० मध्य–अमेरिकी देशहरूका आप्रवासी रहेको एसियन प्यासिफिक नेटवर्क अफ ओरेगन नामक संस्थाले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
एसियन प्यासिफिक नेटवर्क अफ ओरेगनले प्रेस विज्ञप्तिमा भनेको छ, ‘पक्राउ गरिएकाहरूलाई एक्लाएक्लै राखिएको छ र कानूनी अधिकारबाट उनीहरूलाई वञ्चित गरिएको छ ।’

प्रकाशित समय १३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु