गृहपृष्ठ मेगा बैंकका थप दुई खाता सञ्चालनमा

मेगा बैंकका थप दुई खाता सञ्चालनमा

मेगा बैंक नेपाल लिमिटेडले आकर्षक दुई वटा खाता सञ्चालनमा ल्याएको छ । बैंकले ‘मेगा राइजिङ मुद्दती खाता’ र ‘मेगा कर्पोरेट बेनिफिट बचत खाता’ सञ्चालनमा ल्याएको हो ।
सर्वाधिक व्याजदर प्रदान गर्ने उद्देश्यसहित ‘मेगा राइजिङ मुद्दती खाता’ ल्याइएको बैंकले जनाएको छ । न्युनतम १ लाख रुपैयाँमा खोल्न सकिने यो खातामा मासिक व्याज भुक्तानी हुने गरी वार्षिक १२ दशमलव ५ प्रतिशत व्याज समेत पाइने बैंकले जनाएको छ । त्यसैगरी यसमा ग्राहकलाई निक्षेपको ९० प्रतिशतसम्म ओभरड्रफ्ट सुविधा दिइने बैंकले जनाएको छ ।
त्यसै गरी बैंकले एक हजार रुपैयाँमै खोल्न सकिने ‘मेगा कर्पाेरेट बेनिफिट बचत खाता’मा भने ८ दशमलव २५ प्रतिशत व्याज दिनने भएको छ । यस योजनामा चेकबुक, मेगा अनलाइन बैंकिङ, भिसा डेबिट कार्ड, अकाउन्ट स्टेटमेन्ट, सि–आस्बा सेवा निःशुल्क पाइनेछ । यस्तै, दुई लाख रुपैँयासम्म एबीबीएस सेवा पनि निःशुल्क गरिएको छ ।

प्रकाशित समय १३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु