गृहपृष्ठ केभिस्टकाे अनुपस्थिति ‘सुनौलो मौका’

केभिस्टकाे अनुपस्थिति ‘सुनौलो मौका’

फिफा वर्ल्डकपमा भाग लिन रुसको टिकट काटेको अष्ट्रेलियाका लागि आजको खेल दबाबपूर्ण छ । नकआउट चरण प्रवेशको सम्भावना जीवितै राख्न अष्ट्रेलिया डेनमार्कलाई हराउनै पर्ने दबाबमा छ । त्यसैले आजको खेल अष्ट्रेलियाका लागि डु अर डाई (गर या मर) को स्थितिमा रहने छ ।

बेलुकी ५ः४५ बजेसँगै रेफ्रिले बजाउने सिठ्ठीले अष्ट्रेलिया र डेनमाकर्कको प्रतिश्पर्धा गराउने छ । रुसी मैदानमा हुने खेलमा दबाबमा रहेको अष्ट्रेलियाले जित्ने दाउ लिएर मैदान उत्रने डेनमार्कको सामना गर्नु पर्नेछ ।

आफ्नो पहिलो खेलमा फ्रान्ससँग उत्कृष्ट प्रदर्शन गरेको तर, २–१ गोलले पछि परेको एसियन टिम अष्ट्रेलिया पेरुमाथि १–० जित निकालेको डेनमार्कको सामना गर्दैछ । धेरैले आगे हरिदीको प्रशिक्षणमा रहेको डेनमार्कलाई बलियो टोली मानेका छन् । तर, अष्ट्रेलियाले फ्रान्सविरुद्ध गरेको प्रदर्शन हेर्दा उसलाई कम आँक्न सक्ने स्थिति देखिन्न । हरिदीको रणनीतिलाई अष्ट्रेलियन प्रशिक्षक बेर्ट भान मार्विज्कले निस्तेज पार्न आफ्नो टिम मैदानमा उतार्दा आजको खेलमा धेरैले अनपेेक्षित मानेकाे नतिजा अाउँदैन भन्न सक्ने स्थिती छैन ।

पहिलो खेल जितेको डेनमार्कसँग प्रतिश्पर्धामा उत्रने अष्ट्रेलियालाई जित्नै पर्ने दबाब छ । यस्ताे दबाबले कहिलेकाँही उल्टाे नतिजा निकाल्न पनि सक्छ । अाज पराजित हुनु परेमा अष्ट्रेलियाकाे रूस बसाई समूह चरणमै सीमित हुन पनि सक्छ । तर, पहिलो खेल जितेको डेनमार्क आजको खेल जित्दै नक आउट चरणको यात्रा झन् दर्बिलो बनाउन चाहान्छ ।

डेनमार्कको मिडफिल्डमा आज पेरु विरुद्धको खेलमा घाइते भएका विलियम केभिस्टले उपस्थिति जनाउँने छैनन् । अष्ट्रेलियाका लागि यो रफ्तार बढाउने ‘सुनौलो मौका’ हुने सम्भाबना पनि बिलयाे देखिन्छ । याे कुरा प्रशिक्षकद्वय हरिदी र मार्विज्कले राम्रैसँग बुझेका छन् ।

प्रकाशित समय १२:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु