गृहपृष्ठ दबाबमा फ्रान्स, ‘डेन्जर जोन’मा पेरु
दबाबमा फ्रान्स, ‘डेन्जर जोन’मा पेरु

उपाधिको दाबेदार मानिएको फ्रान्सले त्यसका लागि आज पेरुको चुनौति पन्छाउनु पर्नेछ । आफ्नो पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध संघर्षपूर्ण जित निकालेको फ्रान्स बेलुकी पौने नौ बजे एकातेरिनवर्ग एरेनामा उत्रँदा खेल सुधार गर्नुपर्ने दबाबमा हुनेछ ।
उता डेनमार्कसँग १–० ले पराजित पेरुले आजको नतिजा फ्रन्सलाई सुम्पने हो भने रुस बसाई समाप्त हुन पनि सक्छ । फिफा बरियतामा आफूभन्दा ४ नम्बर माथि रहेको फ्रान्ससँग जित्नै पर्ने दबाब लिएर मैदान उत्रने रिकार्डाे गरेसाको टिमको रणनीति के हुने हो ? चासोका साथ हेरिएको छ । फिफा बरियतामा फ्रान्स ७ र पेरु ११ औं बरियतामा छन् ।
पहिलो खेलमा अष्ट्रेलियालाई हराएको भए पनि प्रशिक्षक डीडीएर डेस्चाम्प्सको फ्रान्ससमेत खेल सुधार गर्नुपर्ने दबाबमा छ । फुटबलका विश्लेषकहरु यदि त्यसो नभए ‘नतिजा फरक आउन पनि सक्ने’ सम्भाबनालाई इन्कार गर्दैनन् ।
यद्यपी अष्ट्रेलियाविरुद्ध ‘स्वाभाविक खेल खेल्न नसकेको’ फ्रान्स लयमा फर्कन सक्ने धेरैको अपेक्षा छ । तर एकातेरिनवर्ग एरेनामा रिकार्डाे गरेसाको पेरु पनि जित निकाल्ने ध्याउन्नमा हुनेछ । त्यसकारण गरेसाको रणनीति यसअघिको भन्दा पृथक हुन सक्छ ।
आजको खेल जित्दै फ्रान्स नक आउट चरणमा पुग्ने अपेक्षा सहित मैदानमा उत्रने छ । तर, फ्रान्सलाई पराजित गर्दै पेरु त्यसका लागि अर्काे खेल पर्खनुपर्ने स्थितिको सिर्जना गर्न चाहान्छ । यसर्थ दुबै प्रशिक्षकहरुले रणनीति परिवर्तन गर्ने सम्भावनाका बीच कसको रणनीति सार्थक हुने हो त्यसका लागि खेल पर्खनु पर्ने स्थिति छ ।
प्रकाशित समय १३:५३ बजे