गृहपृष्ठ विश्वकपमा बलियो दाबी प्रस्तुत गर्दै फ्रान्स

विश्वकपमा बलियो दाबी प्रस्तुत गर्दै फ्रान्स

पेरुलाई हराउँदै अन्तिम १६ मा

रुसमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा फ्रान्सले पनि स्थान पक्का गरेको छ । बिहीबार राति भएको दोस्रो खेलमा फ्रान्सले पेरुलाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।

फ्रान्सका कायलिन एमबाप्पेले ३४औं मिनेटमा गोल गरेका थिए । फ्रान्सका लागि १९ बर्षमा गोल गर्ने उनी पहिलो खेलाडी पनि बनेका छन् । निर्धारित ९० मिनेटमा दुवै टोलीबाट थप गोल हुननसक्दा एमबाप्पेको गोल नै निर्णायक बन्न पुग्यो र फ्रान्सले ३ अंक प्राप्त गर्यो ।

दोस्रो हाफमा पेरु फ्रान्सबिरुद्ध निकै आक्रमक खेल्यो । तर, गोल गर्न भने सकेन । फुटबल
सन् १९९८को विश्वकप बिजेता फ्रान्सको यो जितसँगै ६ अंक भएको छ । समुहमा डेनमार्क ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने अष्ट्रेलियाको १ अंक रहेको छ । पेरु अंकबिहिन रहेको छ ।

प्रकाशित समय ०७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु