गृहपृष्ठ नारायणी नेपाल कागज कारखानामा आगलागी, १८ लाखको क्षति

नारायणी नेपाल कागज कारखानामा आगलागी, १८ लाखको क्षति

चितवन – चितवनको भरतपुरस्थित नारायणी नेपाल कागज उद्योगमा आज बिहान आगलागी भएको छ ।  भरतपुर महानगरपालिका–५ स्थित लंकुमा रहेको कारखानामा आगलागी हुँदा करीब १८ लाखको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

स्थानीयवासी हेमराज खनालले सञ्चालन गरेको उक्त कागज कारखानामा बिहान करीब ३ः२५ बजे आगो सल्किएको थियो ।  दमकलको सहयोगमा स्थानीय बासिन्दा र प्रहरीले बिहान ५ बजे आगो नियन्त्रणमा लिएका थिए ।

सो घटनामा मानवीय क्षति भने भएन । कारखाना र त्यहाँ रहेका कागज र कच्चापदार्थ ठूलो मात्रामा क्षति भएको छ । आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबारे प्रहरी अनुसन्धान भइरहेको छ ।

प्रकाशित समय ०९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु