गृहपृष्ठ विपतको पूर्वतयारी समयमा नै गर्नु आवश्यक : मुख्यमन्त्री

विपतको पूर्वतयारी समयमा नै गर्नु आवश्यक : मुख्यमन्त्री

१२ जिल्लाका सिडिओ रुपन्देहीमा

कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले बिपद व्यवस्थापनका लागि सरकारका सबै निकाय र सरोकारवाला संघ सस्थाहरुले उद्धारका साथमा राहतको काम पनि संगै अघि बढाउन्पर्ने बताएका छन् ।

विपत् व्यवस्थापन सुरक्षा सम्बन्धी प्रदेश नम्बर ५ का १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु रुपन्देहीमा जम्मा भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको विपत तथा सुरक्षा गोष्ठीको मंगलबार प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले उद्घाटन गरे ।

मुलुक संघीय संरचना गएपनि विपद व्यवस्थापनको क्षेत्रमा काम गर्ने संरचनाहरु क्षेत्रीय ढाँचाका रहेको उल्लेख मुख्यमन्त्री पोखरेलले यसलाई प्रादेशिक ढाँचामा बदल्नुपर्ने बताए । ‘क्षेत्रीय ढाँचाका संरचना रहेसम्म विपद व्यवस्थापनको काम प्रभावकारी हुन सक्दैन’ पोखरेलले भने, ‘प्रदेश सरकार बनिसकेको अवस्थामा अव त्यस्ता संरचनालाई प्रादेशिक ढाँचामा बदल्नुपर्छ ।’

प्रकाशित समय १९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु