गृहपृष्ठ विश्वकपमा आज धमाकेदार खेल, ब्राजिल र जर्मनीकाे चान्स कति ?
विश्वकपमा आज धमाकेदार खेल, ब्राजिल र जर्मनीकाे चान्स कति ?
रुसमा जारी विश्वकप फुटबलमा आज पनि समुह चरणका अन्तिम चार खेल हुँदैछन् । समुह ई र एफका चार खेल विभिन्न रंगशालामा हुनेछन् । पहिलो खेलमा नेपाली समय अनुसार राति पौने आठ बजे काजान एरेनामा दक्षिण कोरिया र डिफेन्डिङ च्याम्पियन जर्मनी तथा एकटरिनबर्ग एरेनामा मेक्सिको र स्विडेन भिड्नेछन् । यी टोली समूह एफका हुन् र समूह एफबाट मेक्सिको, जर्मनी, स्वीडेनको नकआउ चरणमा प्रवेश गर्ने सम्भावना कायम छ । मेक्सिको बराबरी खेल्दा पनि अन्तिम १६ मा पुग्ने छ । प्रतियोगिताबाट बाहिरिसकेको साउथ कोरियाको आजको खेलले उसका लागि अर्थ नराखेपनि जर्मनीका लागि ठूलो अर्थ राख्नेछ । शीर्ष स्थानको मेक्सिकोको ६ अंक छ । दोस्रो स्थानको जर्मनीको ३ अंक छ । तेस्रो स्थानको स्विडेनको ३ अंक छभने एक खेल अगाडि नै बाहिरिएको साउथ कोरिया अंक विहीन छ ।
आजै राति समुह ई अन्तर्गतका सर्बिया र ब्राजिल स्पार्टक स्टेडियाममा तथा स्विजरल्याण्ड र कोष्टारिका निज्नी नाभेगोरोद रंगशालामा आमने सामने हुँदैछन् । खेल नेपाली समय अनुसार पौने १२ बजे सुरु हुनेछ । ब्राजिल ४ अंक सहित समूहको शीर्ष स्थानमा छ । समान अंक भएपनि स्विटजरल्याण्ड दोस्रो स्थानमा छ । सर्बिया ३ अंकसहित तेस्रो स्थानमा छभने अंक विहीन अवस्थामा रहेको कोस्टारिका प्रतियोगिताबाट बाहिरिसकेको छ ।
ब्राजिल र सर्वियाबीचको विजेता नकआउट चरणमा प्रवेश गर्नेछ । अर्को खेलमा बराबरीमै रोकिएपनि स्विटजरल्याण्ड अघिल्लो चरणमा प्रवेश गर्नेछ । तर, मेक्सिकोसँगको सम्भावित भिडन्त रोक्न उसले तीन अंक जोड्नैपर्छ ।
प्रकाशित समय ०९:१३ बजे

















