गृहपृष्ठ मुलुक समृद्धि र विकासको नयाँ युगमा प्रवेश : प्रधानमन्त्री

मुलुक समृद्धि र विकासको नयाँ युगमा प्रवेश : प्रधानमन्त्री

kp_oli-newskarobar फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट नयाँ संविधान जारी भएपछि मुलुक आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । हनुमान ढोका दरबार स्क्वायरस्थित जीर्णोद्वार सम्पन्न गद्दी बैठक भवनको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले सो क्षेत्र नेपालको पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्वको भएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले विश्वसम्पदा सूचीको सो भवनको जीर्णोद्वारका लागि सहयोग गरेकामा सुंयुक्त राज्य अमेरिकाको राजदूतावासमार्फत अमेरिकी सरकारलाई आभार प्रकट गरे । विसं २०७२ को गोरखा भूकम्पले लाखौं मानिस घरबारविहीन भएको र सयौं सांस्कृतिक धरोहर सम्पदा क्षतविक्षत भएको स्मरण गर्दै उनले भने, “भूकम्पले मानवीय र भौतिक क्षति पुर्याएको अवस्थामा अमेरिकालगायत मित्र राष्ट्रहरुले गरेको सहयोग उल्लेखनीय छ, हामी भविष्यमा पनि यस्तो सहयोगको अपेक्षा गर्दछौं ।”

प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनःनिर्माण अझ राम्रो बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै भने, “राजनीतिक संघर्षको युग सकेर हामी अब विकास र समृद्धिको यात्रामा छौं ।” भूकम्प फेरि पनि आउन सक्ने भएकाले अबको पुनःनिर्माण थप गुणस्तरीय हुनुपर्ने उनको भनाइ थियो ।
(रासस)

प्रकाशित समय १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु