गृहपृष्ठ किसानको अनुदान किसानलाई पुग्नुपर्छ : पौडेल

किसानको अनुदान किसानलाई पुग्नुपर्छ : पौडेल

प्रदेश ५ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानको लागि भनेर आएको बजेट किसानकै घर आगानमा पुग्नुपर्ने बताएकी छिन् । उनले विभिन्न दाताबाट आएको रकम कागजमा मात्रै पुरा गर्ने दिन गएको भन्दै किसानको लागि आएको अनुदान किसानलाई नै प्रत्यक्ष रुपमा प्रदान गरिने बताएकी हुन् ।

बुधवार किसानका लागि उन्नत विउ विजन कार्यक्रम बुटवलको आयोजनामा भएको ‘कार्यक्रम कार्यान्वयनको अवस्था, अनुगमन, मूल्यांकन र पृष्ठपोष्ण गोष्ठी’को बुटवलमा सुभारम्भ गर्दै मन्त्री पौडेलले पछिल्लो समयमा महिलाहरुको सहभागीता कृषिमा बढ्दो रहेको बताइन् । उनले महिला मैत्री कृषि नीतिको तयारी गरिएको जानकारी दिइन् ।

प्रदेश ५ मा कृषिको विकासबाट समृद्ध प्रदेशको परिकल्पना गरिएको भन्दै उनले उक्त लक्ष्य पुरा गर्नको लागि सबैको सहयोग र साथ आवश्यक रहेको बताईन् । उनले भनिन् ‘प्रदेश समृद्धिको आधार मध्ये एउटा कृषि हो, कृषि बाट नै प्रदेशमा समृद्धिका ढोकाहरु खुल्नेमा हामी विश्वस्त छौं ।’

प्रकाशित समय १९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु