गृहपृष्ठ बाल विवाहविरुद्धको अभियान सुरु

बाल विवाहविरुद्धको अभियान सुरु

बालविवाहविरुद्ध प्रदेशस्तरिय अभियानको विराटनगरबाट बुधबार सुभारम्भ गरिएको छ । प्रदेश नं. १ मा बालविवाहविरुद्ध २ हजार २ सय २२ घण्टे प्रदेशस्तरिय अभियानको एक कार्यक्रमकाबीच सामाजिक विकास मन्त्री जीवन घिमिरेले शुभारम्भ गरेका हुन् ।

वल्र्ड भिजन इन्टरनेशनल र नारी विकास संघ, विराटनगरसँगको साँझेदारीमा नेपाल पत्रकार महासंघ प्रदेश नं. १ ले अभियान चलाएको हो । अभियानको सुरुवात गर्दै प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री घिमिरेले बाल विवाह र दाइजो प्रथा उन्मुलन गर्ने अभियानमा प्रदेश सरकार लागि परेको बताए ।

उनले बाल विवाह र दाइजो प्रथा समाजको कलंकका रुपमा रहेकाले सवैले हातेमालो गरि यसको अन्त्य गर्नुपर्नेमा जोड दिए । मन्त्री घिमिरेले सन् २०३० अगावै प्रदेश सरकारले बाल विवाह मुक्त प्रदेश घोषणा गर्ने गरि तयारी थालेको जानकारी जानकारी दिए ।

पत्रकार महासंघले २ हजार २ सय २२ घण्टे अभियान अन्र्तगत प्रदेशका सबै जिल्लामा बाल विवाह अन्त्यका लागि विभिन्न कार्यक्रम गर्ने पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले उल्लेख गरे । महासंघले प्रदेशभर अनलाइन, छापा र विद्युतीय सञ्चारमाध्यममा बाल विवाहविरुद्धका विभिन्न सूचना मुलक सन्देश प्रकाशन तथा प्रसारण गर्ने अध्यक्ष लुइँटेलले बताए ।

प्रकाशित समय १९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु