गृहपृष्ठ ठूला अपराध अनुसन्धान गर्न ‘टास्कफोर्स गठन’ गरिँदै
ठूला अपराध अनुसन्धान गर्न ‘टास्कफोर्स गठन’ गरिँदै
'अन द स्पर्ट' कारबाही गर्ने जिम्मेवारी
गृहमन्त्री रामबहादुर थापाले विशेष र ठूला मुद्दाको अनुसन्धान गर्न उच्च स्तरीय टास्कफोर्स (एसटीएफ) गठनको गृहकार्य थालेका छन् । अपराध नियन्त्रण गर्न आफू मातहत रहने गरी मन्त्री थापाले टास्कफोर्स गठन गर्न विभिन्न निकायसँग छलफल थालेका हुन् ।
छिमेकी मुलुक भारत, पाकिस्तान तथा अमेरिका, बेलायतलगायतका विकसित मुलुकमा रहेको अभ्यास नेपालमा समेत प्रयोग गर्न लागीएको हो । प्रहरीले सुन तस्करी र काम नगर्ने ठेकेदार, कुख्यात अपराधीमाथि शीघ्र कारबाही गर्न नसकेको अवस्थाबाट असन्तुष्ट रहेका गृहमन्त्री थापाले आफैले नेतृत्व सम्हाल्नेगरी संगठन बनाउन लागेका हुन् ।
जहाँ अपराधी पक्राउ पर्याे, जहाँ गल्ती गरेको भेटियो, टास्कफोर्सले अन द स्पर्ट कारबाही गर्नेछ : प्रवक्ता सुवेदी
टास्कफोर्स संगठनात्मक संरचना, तथा कार्यदेशका विषमा विभिन्न सुरक्षा निकायका प्रतिनिधि, सुरक्षा विज्ञलगायतसँग छलफल भइरहेको गृहमन्त्रलयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । ‘टाक्सफोर्स गठनको काम तिव्र छ, मन्त्रीज्यूले विभिन्न निकायसँग छलफल जारी राख्नुभएको छ, संगठन संरचना कस्तो हुने, कति सदस्य कस्ता राख्ने तथा कार्यदेश के–के हुने भन्नेबारे छलफल चलिरहेको छ’ प्रबक्ता सुवेदीले न्युज कारोवारसंग भने । विशेष अनुसन्धान र कारबाहीहरू सञ्चालन गर्ने टाक्सफोर्स गठनको निर्णय गृहमन्त्रीले मन्त्रीपरिषदबाट निर्णय गराउने स्रोतले जनाएको छ ।
सुन तस्करी, ठूला तथा सांगठानिक अपराध, भ्रष्टाचारलगायतका घटनामा साना तथा भरियाहरुमात्र पक्राउ परेको र मुल जरोले उन्मुक्ति पाएको भन्दै मन्त्री थापाले त्यसको लागी उच्चस्तरीय र्फोस परिचालन गर्ने तयारी गरेका हुन् । अपराध भ्रष्टाचार लगायतका घटनामा साना भुराहरु मात्र परेको भन्दै गृहमन्त्री थापाले यस्तो संगठन परिचालन गर्ने योजना बनाएका हुन् । फोर्सले काम थालेसँगै अपराधनको मुल जरोमा पुगेर ठुला अपराधी फत्राउ गर्न सकिने तथा अपराध न्यूनीकरण गर्न सकिने गृहको विश्वास छ ।
यस्तो हुनेछ संगठन ?
तर, गृहमन्त्री थापाले गठन गर्न लागेको टास्कफोर्स संगठन सिधै गृहमन्त्रीकै मातहतमा हुने छ । यो संगठनमा गृहमन्त्रीसहित नेपाल प्रहरी, सशत्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाल आर्मीका उच्चअधिकारीहरु सदस्य रहनेछन् । साथै ति संगठन बाहिरका अपराध अनुसन्धान तथा गुप्त सूचनामा विषेश दख्खल राख्ने केही सदस्यहरु रहनेछन् ।
टास्कफोर्सले काम थालेसँगै अापराधिक घटनामा संलग्न ‘ठूला माछा पक्रने’ गृह मन्त्रीको विश्वास छ । गृहमन्त्री थापाको यो अभ्यास सफल भएमा घटनाको अनुसन्धान र कारबाही गर्ने काम प्रत्यक्ष उनकै मातहतमा रहने ‘टास्कफोर्स’ले गर्ने गृहका अधिकारीहरुले जनाएका छन् ।
यस्तो छ कार्यदेश
टास्कफोर्सलाई अरु संगठनभन्दा विषेश अधिकार दिईएको छ । अहिले प्रहरीलाई फक्राउ गर्ने, अपराध अनुसन्धान गर्ने, तथा अदालतमा मुद्दा चलाउनेमात्र अधिकार छ । तर, टास्कफोर्सले भने सिधै कारबाही गर्नेछ, त्यो पनि ‘ठाउको ठाउ’ । ‘नाम नै विशेष टास्कफोर्स भएकाले उसको टीओआर नै विशेष हुनेछ, पक्राउ, अनुसन्धान गर्नेदेखि कारवाही समेत गर्न सक्ने क्षेत्राधिकार दिइनेछ,’ सुवेदीले न्यूज कारोवारसँग भने ‘जहाँ अपराधी पक्राउ पर्यो जहाँ गल्ती गरेको भेटियो, टाक्सफोर्सले अन द स्पर्ट कारबाही गर्नेछ ।’
टास्कफोर्स राजनीतिक दबाबबाट मुक्त रहनेछ । विशेष अनुसन्धान र अप्रेसन (कारबाही) सञ्चालन गर्न उच्च स्तरीय ‘टाक्सफोर्स’ को तयारी गरिएको हो । कार्यदलले ठूला आपराधिक घटना घटाउने माथि कानुनी कारबाही गर्नेछ र आफूले अनुसन्धान सकेपछि ती मुद्दामाथि अदालती कारबाही अघि बढाउनेछ ।
प्रकाशित समय १९:४६ बजे
















