गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ४)

लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ४)

नेपाल र भारतबीच भएको सन् १९५० को सन्धीमा क-कसको हस्ताक्षर छ ?

loksewa-newskarobar.com

१. सन् २०१७ मा नेपालमा कति देशबाट पर्यटक आएका थिए ?
– १७
२. पशुपतिनाथ मन्दिरपरिसर भेइकल फ्री जोन कहिलो घोषणा गरिएको हो ?
– २०७४ फागुन ११
३. अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोग (आइरेना) को विधान संसदबाट कहिले अनुमोदन भएको हो ?
– २०७४ असोज २५
४. सरकारले काठमाडौं-तराई फास्ट ट्रयाक नेपाली सेनालाई बनाउन दिने निर्णय कहिले गरेको हो ?
– २०७४ वैशाख २१
५. बिमस्टेकको १५औं मन्त्रीस्तरीय बैठक कहाँ र कहिले सम्पन्न भयो ?
– काठमाडौं (२०७४ साउन २६ र २७)
६. अन्तर्राष्ट्रिय आप्रवासन दिवस हरेक वर्ष कहिले मनाइन्छ ?
– डिसेम्बर १८
७. पाटा पर्सानालिटी अवार्ड २०१७ बाट कसलाई सम्मान गरियो ?
– कर्ण शाक्य
८. नेपाल राजपत्र मोबाइल एप्लिकेसन कहिले सार्वजनिक भएको हो ?
– २०७४ असोज ४
९. नेपालमा पहिलोपटक विद्युतीय भुक्तानी प्रणालीको सुरुवात कुन बैंकबाट र कहिले भयो ?
– नबिल बैंक (२०७४ भदौ २३)
१०. सरकारले इन्डोनेसियामा अवैतानिक महावाणिज्य दूतावास कहिले स्थापना गरेको हो ?
– २०१७ सेप्टेम्बर १३
११. अन्तर्राष्ट्रिय अहिंसा दिवस कहिलेदेखि मनाउन थालिएको हो ?
– २००८ अक्टुबर २
१२. ‘खुसी’का लेखक विजयकुमार पाण्डे हुन् भने ‘समृद्ध नेपाल’का लेखक को हुन् ?
– रवीन्द्र अधिकारी (हाल पर्यटनमन्त्री)
१३. तथ्यांक विभागले २०७३ चैत २४ गते सार्वजनिक गरेको सर्वेक्षणअनुसार नेपालीको औसत वार्षिक घरपरिवार खर्च कति छ ?
– ३ लाख २२ हजार ७३० रुपैयाँ
१४. नेपालमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन कहिले सम्पन्न भयो ?
– २०७३ फागुन १९ र २०
१५. नेपाल पर्यटन तथ्यांक २०१५ अनुसार हालसम्म कति मुलुकका नागरिकले नेपालका हिमाल चढिसकेका छन् ?
– ७३
१६. नेपाल-भारत प्रबुद्ध समूहको पहिलो बैठक कहाँ र कहिले बसेको थियो ?
– काठमाडौं (२०७३ असार २० र २१)
१७. नेपाल र भारतबीच भएको सन् १९५० को सन्धीमा क-कसको हस्ताक्षर छ ?
– नेपालबाट प्रधानमन्त्री मोहन शमशेर र भारतबाट राजदूत चन्द्रेश्वरनारायण सिंह
१८. भारतले नेपालमा नाकाबन्दी लगाएका वर्ष कुन-कुन हुन् ?
– वि.स. २०२७, २०४६ र २०७२
१९. भूकम्पीय जोखिमका हिसाबले विश्वमा काठमाडौं उपत्यका कति नम्बरमा छ ?
– ११ नम्बर
२०. नेपालले औद्योगिक गणना कहिलेदेखि सुरु गरेको हो ?
– वि.सं. २०२२

प्रकाशित समय १३:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु