गृहपृष्ठ लोक सेवा आयोगले खुलायो सुब्बा पदका लागि विज्ञापन
लोक सेवा आयोगले खुलायो सुब्बा पदका लागि विज्ञापन
लोक सेवा आयोगले ठूलो संख्यामा नायब सुब्बा (नासु) पदका लागि विज्ञापन खुलाएको छ । खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना गरी ८४३ जना सुब्बाका लागि विज्ञापन खुला गरिएको हो ।
आयोगद्वारा प्रकाशित सूचनाअनुसार काठमाडौं कार्यालयबाट खुलामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २९६ जनाका लागि विज्ञापन खुलाइएको हो । यस्तै बुटवल कार्यालयबाट खुल्लामार्फत् ५३ जना , ज्येष्ठताको आधारमा ३७ र कार्यक्षमताको आधारमा २२ जनालाई बढुवा गरी पदपूर्ति गरिने छ भने सुर्खेत कार्यालयबाट खुल्लामा २३, ज्येष्ठताको आधारमा १९ र कार्यक्षमताको आधारमा १० गरी कूल ५२ जना नासुको पदपूर्ति हुनेछ ।
धनकुटा कार्यालयबाट खुलामा ४७, ज्येष्ठताको आधारमा ३१ र कार्यक्षमताको आधारमा १८ गरी ९६ जना, जलेश्वर कार्यालयबाट खुलाबाट ४९, ज्येष्ठताको आधारमा ४९ र कार्यक्षमताको आधारमा २३ जना गरी कूल १२१ जना र पोखरा कार्यालयबाट खुल्लाबाट ५२, ज्येष्ठताको आधारमा ३५ र कार्यक्षमताको आधारमा १७ जनाको पदपूर्ति हुने आयोगले जनाएको छ ।
आयोगले दिपायल कार्यालयबाट खुलामा ३७ जनाको विज्ञापन खुलाएको छ । यस कार्यालयबाट ज्येष्ठताको आधारमा १६ र कार्यक्षमता मूल्यांकनबाट ९ जनाको बढुवा गरी पदपूर्ति गर्न लागेको हो । सूचनाअनुसार परीक्षा मिति पछि प्रकाशन हुने र परीक्षा केन्द्र केन्द्रीय कार्यालयबाहेक आयोगका सबै कार्यालयहरुमा तोकिने आयोगले जनाएको छ ।
दरखास्त दिने अन्तिम मिति माघ २० सम्म तोकिएको छ । दोब्बर दस्तुर तिरेर माघ २७ गतेसम्म दरखास्त दिन सकिने आयोगले सूचनामार्फत जनाएको छ ।
प्रकाशित समय ११:२१ बजे