गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ४३)

लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ४३)

अक्टोपसको रगत कुन रंगको हुन्छ ?

loksewa-newskarobar.com

१. बाच्छो मरेको दुहुनो पशुलाई के भनिन्छ ?

– हतुवा

२. नेपालको इतिहासमा पञ्चायतको मलामी भनेर कसलाई चिनिन्छ ?

– मरिचमान सिंह श्रेष्ठ

३. नेपालका प्रथम शिक्षा सचिव को हुन् ?

– केदारनाथ उपाध्याय

४. कर्मचारी सञ्चय कोषको स्थापना कहिले भएको हो ?

– २०१९

५. ह्युगो प्रोटोकल केसँग सम्बन्धित छ ?

– प्राकृतिक प्रकोप व्यवस्थापन

६. नेपाल कहिले बिमस्टेकको सदस्य भएको हो ?

– २००४ सन्

७. विश्वको सबैभन्दा बढी जनघनत्व भएको देश कुन हो ?

– सिंगापुर

८. अफ्रिकाको घाँसे मैदानलाई के भनिन्छ ?

– भेल्ड

९. सर्वव्यापी घोलक केलाई भनिन्छ ?

– पानी

१०. श्रीलंकाको राष्ट्रिय जनावर कुन हो ?

– सिंह

११. विकास योजनाका लागि जनसंख्याको सञ्चार भन्ने नाराका साथ नेपालमा प्रथम जनसंख्या सम्मेलन कहिले सम्पन्न भयो ?

– २०७१ जेठ २२-२४

१२. गुणले रुपलाई भूषित गर्छ, शीलले कुललाई, सिद्दीले विद्यालाई र भागले धनलाई भूषित गर्छ भन्ने विचारक को हुन् ?

– कौटिल्य

१३. म्यागासेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन् ?

– महेशचन्द्र रेग्मी

१४. नेपालमा हाल प्रचलनमा रहेको राज्य पदाधिकारी तथा कर्मचारीको मर्यादाक्रममा प्रधानमन्त्री पद कति औँ स्थानमा पर्छ ?

– तेस्रो

१५. अन्तर्राष्ट्रिय जैविक विविधता दिवस कहिले मनाइन्छ ?

– मे २२

१६. सरस्वती नाच कुन जातिसँग सम्बन्धित छ ?

– तामाङ

१७. अक्टोपसको रगत कुन रंगको हुन्छ ?

– नीलो

१८. राजा त्रिभुवनको पालामा कति जना प्रधानमन्त्री भएका थिए ?

– ६ जना

१९. छन्त्याल जातिको प्रमुख बासस्थान भएको जिल्ला कुन हो ?

– म्याग्दी

२०. ‘शब्द विद्या’ ग्रन्थको रचना कसले गरेका हुन् ?

– अंशुवर्मा

प्रकाशित समय १४:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु