गृहपृष्ठ ज्योति लाइफमा बिमा गर्दा ११ घातक रोगमा १० लाखको उपचार
ज्योति लाइफमा बिमा गर्दा ११ घातक रोगमा १० लाखको उपचार
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बिमाका साथै ऐच्छिक सुविधासहितको योजना ल्याएको छ । कम्पनीले ११ घातक रोगहरुको उपचारमा १० लाखसम्मको सुविधा प्रदान गर्ने पोलिसी ल्याएको हो । कम्पनीले बाल बिमा, सुरक्षित बचत जीवन बिमा, सुरक्षित भविष्य जीवन बिमा, धनलाभ जीवन बिमा, एकल भुक्तानी जीवन बिमा र म्यादी जीवन बिमा बजारमा ल्याएको छ ।
सुरक्षित बचत जीवन बिमा, सुरक्षित भविष्य जीवन बिमा, एकल भुक्तानी जीवन बिमा र धनलाभ जीवन बिमा गर्ने बिमितका लागि यसै पोलिसीमा थप प्रिमियम बुझाएमा ११ वटा घातक रोगको उपचारको सुविधा पाइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मुटु रोग, क्यान्सर, मृगौलासम्वन्धी समस्या आदिले गर्दा मृत्यु हुने संख्या दिनदिनै बढ्दै गएकाले यस्ता रोग लाग्दा औषधी उपचार पाउने गरी बिमा पोलिसी ल्याइएको हो ।
प्रकाशित समय १८:४९ बजे

















