गृहपृष्ठ सबै मातृभाषाको सम्मान हुन्छ : राउत
सबै मातृभाषाको सम्मान हुन्छ : राउत
फाइल तस्बिर
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा बोलिने सबै मातृभाषाको सम्मान हुने बताएका छन् । मुख्यमन्त्री राउतले सबै मातृभाषको सम्मान हुने गरी प्रादेशिक भाषा नीति ल्याउने बताएका हुन् ।
भाषा आयोगद्वारा आयोजित भाषा आयोगको संवैधानिक दायित्व र प्रदेश एवं स्थानीय सरकारको बहुभाषिक कार्य प्रणाली विषयक संगोष्ठिलाई शनिबार सम्बोधन गर्दै राउतले सबै भाषालाई सम्मान गर्ने गरी नीति ल्याउने तयारी भइरहेको जानकारी दिए ।
प्रदेशको अधिकांश जनताले बोल्ने भाषा प्रदेशको प्राथमिकतामा रहनेमा कुनै शंका नगर्न उनको आग्रह थियो । ‘मातृ भाषाको प्रयोगले नै हामी समृद्ध हुन्छाैं’ उनले भने, ‘मैथिली र भोजपुरी लगायतका मातृभाषाको विकासमा सरकार प्रतिबद्ध छ ।’
भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सामाजिक विकास मन्त्री नवलकिशोर साह, राजर्षी जनक विश्व विद्यालयका उपकूलपति प्रा. भरत झा, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपाका नेता रामचन्द्र मण्डल लगायतका वक्ताले आ–आफ्नो धारणा राखेका थिए ।
(रासस)
प्रकाशित समय १५:४० बजे
















