गृहपृष्ठ ‘बच्चा चोर’ भन्दै पाँच जनाको हत्या

‘बच्चा चोर’ भन्दै पाँच जनाको हत्या

भारत महाराष्ट्रमा बच्चा चोर भएको आशंकामा पाँच जना मानिसको निर्घात कुटपीट गरी हत्या गरिएको छ । धुले जिल्लाको आदिवासी क्षेत्रस्थित एक गाउँमा बच्च्चा चोर भएको आशंकामा ती मानिसहरुको हत्या भएको महाराष्ट्रका प्रहरी अधिकारीलाई उदृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेको छ । यो घट्ना धुलेभन्दा ८० किलोमिटर टाढा साकरी तहसीलको राइनपाडा गाउँमा भएको हो ।
मारिएका सबै मानिस सोलापुर जिल्लास्थित मंगलबेढे क्षेत्रमा बसोबास गर्दै आएका थिए । ‘दिँउसो करिब एक बजे यी पाँच मानिसहरु गाउँमा आएका थिए,’ धुलेका अधिकारीले भनेका छन्, ‘उनीहरुलाई संदिग्ध मानेर स्थानीयले केही प्रश्न गरे, र त्यसपछि एउटा कोठामा बन्द गरेर पीट्न थाले ।’ धुले र नन्दुरबार जिल्लामा अफवाह फैलिएको छ कि बच्चा चोर्ने समूह गाउँमा घुमिरहेको छ ।

प्रकाशित समय ०७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु