गृहपृष्ठ रुस र क्रोएसिया क्वार्टरफाइनलमा, स्पेन र डेनमार्क बाहिरिए

रुस र क्रोएसिया क्वार्टरफाइनलमा, स्पेन र डेनमार्क बाहिरिए

विश्वकप फुटबलअन्तर्गत आइतबार राति भएका दुई खेलको नतिजाका लागि लामै समय कुनुपर्यो । दुबै खेलमा निर्धारित समय र अतिरिक्त समयमा नै अन्तिम नतिजा निस्कन सकेन । अन्तत: पेनाल्टी सुटआउटबाट निर्णय लिइयो ।

राति ११ बजेर ४५ मिनेटमा भएको खेलमा डेनमार्क र क्रोयशिया भिडेका थिए । क्रोयासियाविरुद्ध डेनमार्कले माथिस जोरजेन्सेनको गोलमा पहिलो मिनेटमै अग्रता लिएको थियो । तर चौथो मिनेटमै मारियो मान्डुरिकले गोल गर्दै बराबरी गरे ।

निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो तर दुवै टोलिबाट गोल हुन सकेन । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइयो । पेनाल्टीमा क्रोयशिया ३–२ ले विजयी भयो । डेनमार्कका लागि क्रिस्टियन एरिक्सन, लेसेस स्कोन र निकोलाई जोर्जेन्सन्ले गोल नगर्दा डेनमार्क घर फर्किन बाध्य भयो । उसका लागि सिमन केजयर, माइकल क्रोन डेलीले गोल गरे । क्रोयसिया मिलन बडेज र जोसिव पिभारिक चुके पनि आन्द्रे कमरिच, लुका मोड्रिक र इभान रयाकिटिकले गोल गर्दै रुससँगको भेट पक्का गरे । त्यस अघि खेलको अन्तिम समयमा पाएको पेनाल्टीमा लुका मोड्रिक चुुकेका थिए ।

त्यसअघि आइतबार राति पौने ८ बजे भएको अर्को खेलको निर्णय पनि टाइब्रेकरबाट लिइयो । यो खेल आयोजक रुस र स्पेनबीचको थियो । डिबक्सभित्र डिफेन्डर जेरार्ड पिकेको हातमा बल लागेपछि रुसले पेनाल्टी पाएको थियो । आर्टिम ज्युवाले ४२ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै स्पेनको अग्रता तोडेका हुन् । त्यसअघि सर्गी इग्नासेभिचले १२ औं मिनेटमा बल क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो । आसेन्सियोको फ्रिकिकलाई उनले सिक्स यार्ड सर्कलबाट क्लियर गर्ने प्रयास गरेका थिए।

निर्धारित समयमा १–१ को बराबरी भएपछि समय थपियो । तर, उक्त ३० मिनेको समय पनि बराबरीमै सकिएपछि पेनाल्टी सुट आउटबाट निर्णय लिइयो ।जहाँ पूर्व विजेता स्पेनलाई ४–३ गोल अन्तरले हराउँदै आयोजक रुस विश्वकप फुटबलको क्वाटरफाइनल पुग्यो ।

टाइब्नेकरमा स्पेनका आन्द्रेस इनिएस्टा, जेर्रार्ड पिके, सर्जियो रामोसले गोल गरे । कोके र आसपास भने चुके । रुसका फेदोर स्मोलोभ, सर्गी इग्नासेभिच, गोलोभिन, चेरिसेभले गोल गरे । टाइब्रेकरमा स्पेनको तेस्रो र पाँचौं प्रहार गोल हुन सकेन । रुसका भने सबै चार प्रहार गोल भएपछि अन्तिम प्रहार गर्नुअघि नै विजेता बनेको हो ।

प्रकाशित समय ०७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु