गृहपृष्ठ पाकिस्तान: चुनावी र्यालीमा बम विस्फोट, १३० जनाको मृत्यु

पाकिस्तान: चुनावी र्यालीमा बम विस्फोट, १३० जनाको मृत्यु

पाकिस्तानको एक चुनावी -यालीमा गराइएको आत्मघाती बम आक्रमण परि १ सय ३० भन्दा बढिको मृत्यु भएको छ । पाकिस्तानको दक्षिण–पश्चिम बोलिचिस्तान प्रान्तमा आयोजित चुनावी ¥यालीमा गराइएको बम विष्फोटमा ठूलो मानवीय क्षति भएको हो । सयौँ मानिस घाइते भएका छन् ।
आक्रमण क्वेटी नेहसाना राजमार्गको उक्त पूर्व तथा क्वेटाबाट झण्डै ३५ किलोमिटर पर भएको हो । विस्फोटका लागि ८ देखि १० किलो विस्फोटक पदार्थ प्रयोग भएकाले ठूलो क्षति भएको हो ।
पाकिस्तानमा यही जुलाई २५ मा निर्वाचन हुँदैछ । निर्वाचको मिति नजिकिएका बेला भएको दुर्घटनाले पाकिस्तानको चुनावी माहोललाई बिथोल्ने सम्भावना बढेको छ । निर्वाचनलाई लक्षित गरी पाकिस्तानमा एकपछि अर्को हिंसात्मक घटना भइरहेका छन् । इस्लामिक स्टेट (आईएस) ले विज्ञप्ति जारी गरेर घटनाको जिम्मेवारी लिएको छ ।

२ दिनअघि पनि पेशावरमा आयोजित कार्यक्रममा यस्तै आत्मघाती विस्फोट हुँदा २० जना मारिएका थिए । जसको जिम्मेवारी तालिबानले लिएको थियो । बोलिचिस्तानको विस्फोट भने सन् २०१४ पछिकै भयानक हो ।

प्रकाशित समय १०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु