गृहपृष्ठ रुस विश्वकपका रोचक घटना

रुस विश्वकपका रोचक घटना

फ्रान्सको जितसँगै २४ दिने भिडन्त र १६० भन्दा बढी गोलपछि रुसमा विश्व फुटबलको ‘महाकुम्भ’ सकिएको छ । तीन हप्ताभन्दा बढी समय भएको प्रतिस्पर्धामा केही चाखलाग्दा घट्ना भएका छन् । फर्केर हेरौँ, के–के कुरा चाखलाग्दा थिए ?

नवप्रवेशी आइसल्याण्डको सनसनीपूर्ण ‘इन्ट्री’


पहिलो पटक विश्वकप प्रतिस्पर्धामा भाग लिएको आइसल्याण्डले आफ्नो पहिलो म्याचमै दुई पटक विश्वकप जितेको अर्जेन्टिनालाई कडा टक्कर दिएर सबैलाई छक्क पारिदियो । सर्जियो अग्युरो, लियोनल मेस्सीजस्ता खेलाडी भएको टिम अर्जेन्टिनासँग खेल्नु भनेको ठूलै दबाब मानिन्छ । तर, आइसल्याण्डले यो दबाबको सामना गर्दै खेल १–१ को बराबरीमा रोकिदियो । लगभग ३ लाख जनसंख्या भएको आइसल्याण्ड विश्वकपमा भाग लिएको सबैभन्दा सानो देश हो ।

आइसल्याण्डका प्रशिक्षक हामिर हलग्रिमसन एक डेन्टिस्ट पनि हुन् । उनी अहिले पनि क्लीनिकमा काम गर्छन् । फुटबल प्रशिक्षकको जागिरको कुनै भर नभएको उनी बताउँछन् ।

म्याराडोनाले क्रोएशियालाई गरेको ‘इन्सल्ट’


अर्जेन्टिनाले क्रोएशियासँग हारेपछि अर्जेन्टिनाका डिएगो म्याराडोनाले टिप्पणी गरिहाले ‘हारे पनि जर्मनी, ब्राजील, स्पेनजस्तो टिमसँग हारेको भए हुन्थ्यो, क्रोएशियाजस्तो टिमसँग हार्ने ?’ अर्जेन्टिनी धेरै समर्थकलाई यस्तै लागेको थियो । तर, क्रोएशियाले आफूलाई साबित गरिदियो कि ‘टाटेपाटे चेक जर्सी लगाएका खेलाडी’ कमजोर छैनन् र कसैले नसोच्नु पनि । ऊ रुस विश्वकपको उपविजेता बन्यो ।

इंग्ल्याण्डका म्यानेजरको ‘वेस्टकोट लुक’


इंग्ल्याण्डका लागि पनि यो विश्वकप निकै रोमाञ्चक रह्यो । २८ वर्षमा पहिलो पटक सेमिफाइनलमा स्थान बनाएर होस् वा पहिलो पटक पेनाल्टीमा खेल जितेर होस्, इं्रग्ल्याण्ड चर्चाभित्रै पर्यो । तर, अर्को पनि एउटा चाखलाग्दो विषय छ, इंग्ल्याण्डका म्यानेजर ग्यारेथ सायथगेटको वेस्टकोट लुक । उनको लुकले धेरैको ध्यान खिचेको छ । वेस्टकोट लुकका कारण ह्याजट्याग पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । धेरैभन्दा धेरै समर्थकहरु वेस्ट कोट लगाएर ‘वेस्टकोट वेडनेस्डे’ ह्याजट्यागका साथ आफ्नो फोटो अपलोड र शेयर गरिरहेका छन् ।
इंग्ल्याण्डसँगको खेलमा जब कोलम्बियाका खेलाडी मतेउस उरीबे पेनाल्टीमा चुकेपछि निकै भावकु भए । उनलाई ग्यारेथले गएर अंकमाल गरे र सान्त्वना दिए । तर, उरीबे इंग्ल्याण्डका गोलरक्षक जर्डन पीकफोर्डका कारण भावुक बनेका थिए, जसले पहिलो पटक इंग्ल्याण्डलाई पेनाल्टीमा जिताए ।
जर्मनीको नयाँ रेकर्ड : समूह चरणबाट ‘आउट’

पूर्वविश्व विजेता जर्मनीले यसपटक आफ्ना धेरै फ्यानलाई निराश पार्यो । यसपटक ऊ समूह चरणबाट घर फर्कियो र जाँदाजाँदै निकै कमजोर मानिने दक्षिण कोरियाली टिमबाट नराम्रोसँग पराजित पनि भयो ।

जर्मनीलाई असफल पार्न मेक्सिकोका गोलकीपर गियेरमो ओचोआको प्रमुख कारण बने । उनले जर्मनीको २६ प्रयासलाई असफल पारिदिए र पछिल्लो विश्व च्याम्पियन आफ्नो पहिलो खेलमै हार्न पुग्यो ।

मेस्सिकोका प्रशंसका लागि यो खुसीको पल थियो । किनकि, २२ वर्षपछि मेक्सिकोले जर्मनीलाई पराजित गरेको थियो ।

‘म यति बेवकूफ किन छु’


इंग्ल्याण्डविरुद्ध जितपछि बेल्जियमका खेलाडी मिची बेशयुआईको एक्साइटमेन्ट मानिसहरुका लागि मजाकको गतिलो खुराक बन्यो । जितको खुसीमा उनले खाली नेटतर्फ फुटबल हाने, त्यो बल पोस्टको खम्बामा लागेर उनकै नाकमा लाग्यो । यसपछि उनको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । उनले आफैँ ट्वीटरमा लेखे, ‘म यति बेवकूफ किन छु !’

रोनाल्डाेको ह्याट्रिक


पोर्चुगलका टिम कप्तान क्रिस्टियानो रोनाल्डोले रुस विश्वकपमा ह्याट्रिक आफ्ना नाममा पारे । स्पेनसँगको खेलमा उनले ३ गोल गरेपनि म्याच बराबरीमा सकिएको थियो । उनले इरान र मोरक्कोविरुद्ध पनि १–१ गोल गरेका थि । तर, उरुग्वेसँग हारेर पोर्चुगल घर फर्किन बाध्य भयो ।

मेस्सीको मिस्टेक


यो विश्वकप अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीका लागि सम्झनलायक रहेन । छनौट चरणबाट घिस्रँदै अघि बढेको टिमले विश्वकप समूह चरण मुस्किलले काट्यो । नकआउट चरणबाट बाहिरियो । मेस्सीले आइसल्याण्डसँगको पहिलो खेलमा पेनाल्टी मिस गरे । जसका कारण उनको चौतर्फी आलोचना पनि भयो ।

विश्वकप मैदानमा दर्शक


मध्यान्तरपछिको केही मिनेटपछि कडा सुरक्षा व्यवस्था भएको स्टेडियममा चार जना दर्शक दगुर्दै छिरे । उनीहरु छिरेको केही समयसम्म त टिभीमा लाइभ देखाइएको थियो तर पछि देखाइएन । मैदानमा उपस्थित दर्शक र पत्रकारहरुले भने यो दृश्य खिचेका छन् । फोटोमा क्रोएसियाका डिफेन्डर डेजान लोभ्रेनले मैदानमा पसेका व्यक्तिलाई तान्दै बाहिराउँदै गरेको देख्न सकिन्छ ।


मैदानमा पस्ने मध्ये एक जना महिलाले त फ्रान्सेली खेलाडी एमबाप्पेसित हाइ फाइभ पनि गरिन् । उनीहरूलाई मैदानबाट घिसारेर बाहिर निकालिएकाे थियाे ।

प्रकाशित समय ०८:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु