गृहपृष्ठ डा. केसीको पक्षमा सडक तताउन देउवाको आह्वान

डा. केसीको पक्षमा सडक तताउन देउवाको आह्वान

Sher-Bahadur-Deuba

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि प्रदर्शनमा अत्रन आह्वान गरेका छन् । जुम्लामा अनसनरत डा. केसीलाई सरकारले काठमाडौं ल्याउने तयारी गरिरहँदा कांग्रेस सभापति देउवाले उनको समर्थनमा प्रदर्शनमा उत्रन आह्वान गरेका हुन् ।

देउवाले डा. केसीका माग जायज रहेको समेत बताएका छन् । केसी जायज माग राखेर अनसन बसेकाले सरकारले उनका माग पूरा गर्नुपर्ने देउवाको भनाई रहेको थियो । त्यसैले उनको जीवनरक्षाका लागि एकताबद्ध भएर प्रदर्शनमा उत्रिन उनले आह्वान गरे ।

बिहिबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू नेतृत्वको सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेश हुबहू पारित नगरे कांग्रेसलाई मान्य नहुने चेतावनीसमेत दिए । डा. केसीको स्वास्थ्यस्थिति बिग्रँदै जाँदासमेत सरकार गम्भीर नबनेको आरोप लगाए ।

सोही क्रममा देउवाले जुम्लामा डा. केसीका समर्थकमाथि प्रहरीले अगश्रुग्याँस प्रहार गरेकोमा निन्दा तथा भ्रर्त्सना गरे ।

प्रकाशित समय १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु