गृहपृष्ठ तस्बिरमा हेर्नुस् बूढानीलकण्ठ मन्दिरकाे सफाइ तथा अाराधना
तस्बिरमा हेर्नुस् बूढानीलकण्ठ मन्दिरकाे सफाइ तथा अाराधना
काठमाडाैंकाे बूढानीलकण्ठ नगरपालिकामा भगवान बूढानीलकण्ठकाे मन्दिर अवस्थित छ । याे नेपालकाे सबैभन्दा ठूलाे मुर्ति पनि हाे । हिन्दूहरूकाे पवित्र तीर्थस्थलका रूपमा रहेकाे बूढानीलकण्ठमा जलमाथि शयन गरिरहेका भगवान् विष्णुकाे मुर्ति छ ।
बूढानीलकण्ठ मन्दिरसँग अनेक मिथक पनि जाेडिएका छन् । राजा प्रताप मल्ललार्इ सपनामा श्राप परेका कारण उनी लगायतका नेपालका राजाले यो मन्दिरमा दर्शन गर्ने माैका पाएनन् ।
यो मन्दिरकाे सफाइमा बूढानीलकण्ठ वेद विद्याश्रम जुट्दै अाएकाे छ । त्यहाँ अध्ययनरत विद्यार्थी हरेक दिन बिहान ८ बजे मन्दिरकाे सफाइमा जुट्छन् । बिहान ठीक ८ बजे सबैलार्इ हटाएर अाश्रमका विद्यार्थी दैनिक भगवानलार्इ स्नान गराउने तथा चन्दन लगाइदिने जस्ता कार्यमा जुट्छन् । त्यसपछि एक घण्टासम्म अारती हुन्छ । अारती बेलुका पनि हुन्छ ।












तस्बिर : सुनिल प्रधान
प्रकाशित समय १६:४७ बजे

















