गृहपृष्ठ प्रदेश ३ को बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश ३ को बैठक अनिश्चितकालका लागि स्थगित

pradesh-3-newskarobar

प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । सूचना टाँसेर अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक विशेष कारणवश अर्को सूचना नभएसम्मका लागि सभामुखको आदेशअनुसार स्थगित गरिएको प्र्रदेशसभाका निमित्त सचिव मोहन निरौलाद्वारा जारी सूचनामा उल्लेख छ । यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेपाली कांग्रेसले सरकारको गलत प्रवृत्ति र डा. केसीको माग सम्बोधन नभएसम्म संसद चल्न नदिने जनाएको थियो । यही मुद्दा अघि सारेर कांग्रेसले बिहीबार पनि प्रदेश सभा बैठक अवरुद्ध गरेको थियो ।

प्रकाशित समय १६:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु