गृहपृष्ठ ट्रम्प फेरि विवादमा, पूर्वमोडलसँग ‘सेक्स बार्गेनिङ’को अडियो !

ट्रम्प फेरि विवादमा, पूर्वमोडलसँग ‘सेक्स बार्गेनिङ’को अडियो !

कुनै न कुनै विषयले विवादमा परिरहने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प पुनः अर्को विवाद फसेका छन् । यसपटक पनि एकजना पूर्व मोडलसँग बार्गेनिङ गरेको भनेर ट्रम्पको चर्चा चुलिएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पले प्लेबोइ म्यागजिनकी पूर्वमोडलसँग रकमबारे छलफल गरिरहेको कुरा ट्रम्पका पूर्ववकिल माइकल कोहनले गोप्य रुपमा रेकर्ड गरेका छन् ।

त्यस्ता रेकर्डहरू यो वर्षको शुरूमा संघीय अनुसन्धान निकाय एफबीआइले कोहनको कार्यालयमा छापा मार्दा फेला परेको बताइएको छ । सन् २०१६ को राष्ट्रपतीय चुनावअघि उक्त टेप रेकर्ड गरिएको थियो । न्याय मन्त्रालयले ट्रम्पसँग आफ्नो सम्बन्ध रहेको दाबी गर्ने ती महिलालाई तिरिएको रकमबारे छानबिन गरिरहेको जनाएको छ ।

अभियोग नलगाइएका कनमाथि निर्वाचन कानूनको उल्लंघन गरेको तथा बैंक र कर छली अन्तर्गत अनुसन्धान भइरहेको बताइन्छ ।

सन् २०१६ को राष्ट्रपतीय चुनावका बेला मक्डुगलले आफ्नो कथा न्याशनल इनक्वाइररलाई बेचेकी थिइन्, जुन ट्रम्पका साथीको थिायो । १ लाख ५० हजार डलरको सम्झौताले उक्त पत्रिकालाई ट्याब्लोइड कथा छाप्ने अधिकार दिएको थियो र मक्डुगललाई भने आफ्नो ट्रम्पसँग रहेको भनिएको सम्बन्धलाई सार्वजनिक रुपमा भन्न प्रतिबन्ध लगाइएको थियो ।

शुक्रवार ट्रम्पका हालका वकिल रुडी जुलियानीले न्यूयोर्क टाइम्सलाई राष्ट्रपति र कोहनबीच मक्डुगललाई पैसा दिनेबारे छलफल भएको बताएका हुन् । तर, पैसा भने कहिल्यै पनि नपठाइएको र ट्रम्पले कुनै गल्ती नगरेको उनले बताएका छन् । वाल स्ट्रिट जर्नलले सन् २०१६ को सेप्टेम्बरमा भएको उक्त संवादको रेकर्ड फोनमा नभइ व्यक्तिगत भेटघाटमा भएको र त्यो केवल दुई मिनेट नपुग्दै काटिएको जनाएको छ । मक्डुगलले ट्रम्पसँग उनले मेलानिया ट्रम्पसँग विवाह भएको एक वर्षपछि सन् २००६ मा १० महिना सम्बन्ध भएको बताएकी छन् । यसबारे अमेरिकी सञ्चारमाध्यमले प्राथमिकतासाथ खबर छापेका छन् ।

प्रकाशित समय ०७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु