गृहपृष्ठ देउवाले अचानक स्थगित गरे भारत भ्रमणको कार्यक्रम

देउवाले अचानक स्थगित गरे भारत भ्रमणको कार्यक्रम

Sher-Bahadur-Deuba

सात दिनका लागि भारत जान लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत जाने कार्यक्रम स्थगित गरेका छन् । बुढानिलकण्ठ स्रोतका अनुसार उनी पत्नी आरजु् राणाको स्वास्थ्य जाँच गर्न ७ दिनका लागि भारत जाने तयारीमा थिए । तर, देशको परिस्थितिलाई मध्यनजर गर्दै भ्रमण स्थगित गरिएको हो ।

खासगरी वरिष्ठ चिकित्सक गोविन्द केसीका मागमा ऐक्यबद्धता जनाउँदै कांग्रेसले सरकारविरोधी प्रदर्शन गर्दै आएको छ । त्यसैले पनि यो अवस्थामा देउवाले आफू भारत जानु उपयुक्त नभएको निष्कर्ष निकालेका हुन् । उनकी पत्नी राणा भने भारत जाने बताइएको छ ।

प्रकाशित समय १६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु