गृहपृष्ठ मेडिसिटी अस्पताल र महालक्ष्मी विकास बैंकले सहकार्य गर्ने
मेडिसिटी अस्पताल र महालक्ष्मी विकास बैंकले सहकार्य गर्ने
तस्बिर साैजन्य- नेपाल मेडिसिटी अस्पताल
नेपाल मेडिसिटी अस्पताल र महालक्ष्मी विकास बैंकबिच सहकार्य गर्ने सम्झौता भएको छ । नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र महालक्ष्मी विकास बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने सो सम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै महालक्ष्मी विकास बैंकका कर्मचारी र सेवाग्राहीले अस्पतालको सेवामा छुट तथा सहुलियत पाउने भएका छन् । अस्पतालका महाप्रबन्धक रिमालले कर्पोरेट क्षेत्रका व्यस्त मानिसहरुका लागि अस्पतालले कार्यक्षेत्रमै विशेष स्वास्थ्य सेवा प्रदान गर्न तयार रहेको बताए । वन डे विथ कर्पोरेट केयर जस्ता कार्यक्रमलाई महालक्ष्मी विकास बैंकमा पनि सञ्चालन गर्ने रिमालको भनाई थियो ।
यस्तै अस्पतालका अभियानमा बैंकले समर्थन र सहकार्य गर्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत लामिछानेले बैंकको भिसा डेबिट र क्रेडिट कार्डका उपझोक्ताका लागि यो सेवा विशेष रुपमा लागू हुने बताए ।
प्रकाशित समय १७:५१ बजे

















