गृहपृष्ठ डा. केसीको मागका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए बैठक
डा. केसीको मागका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए बैठक
अनशनरत चिकित्सक गोविन्द केसीको मागका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल सुरु गरेका छन् । सरकारले डा. केसीको माग सम्बोधन गर्न चासो नदिएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीलले सरोकारवाला व्यक्तिसँग छलफल गर्न लागेका हुन् ।
चिकित्सा शिक्षा विधेयकबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बालुवाटारमा बैठक डाकेका छन् ।
प्रधानमन्त्री ओलीले आज दिउँसो नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङ, मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटा र केदारभक्त माथेमासँग छलफल गर्न लागेका हुन् । विद्येकमा संशोधन गर्न सकिने बुँदामा छलफल गर्ने र ठोस निष्कर्ष निकाल्ने तयारी छ ।
प्रधानमन्त्री ओलीले यसअघि हिजो पनि विद्येकका विषयमा नेकपाका नेतासँग छलफल गरेका थिए । डा. केसीको स्वास्थ्य अवस्था नाजुक भएपछि प्रधानमन्त्री ओली आफैंले छलफललाई तीव्रता दिएका हुन् ।
प्रकाशित समय ११:३६ बजे

















