गृहपृष्ठ सरकार–केसी वार्ता निष्कर्षतिर
सरकार–केसी वार्ता निष्कर्षतिर
फाइल तस्बिर
अनसनरत डा. गोविन्द केसी पक्ष र सरकारी वार्त टोलीबीच आज भएको वार्ता निष्कर्षतिर उन्मुख भएको सहभागीहरुले बताएका छन् । मंगलबार दिउँसो भएको वार्ता सकारात्मक बनेको सहभागीहरुले बताएका हुन् ।
दिउँसोको वार्ता सकारात्मक बनेपछि केहीबेरमा औपचारिक वार्ता हुन लागेको छ । उक्त वार्तामा सरकारी वार्ता टोली म्याण्डेटसहित सहभागी हुने बताइएको छ । वार्तामा लगभग कुरा मिलिसकेको पनि स्रोतको दावी छ ।
प्रकाशित समय १८:१० बजे

















