गृहपृष्ठ केसीका प्रतिनिधि मध्यरातमा बालुवाटार, बिहान २ बजेसम्म छलफल

केसीका प्रतिनिधि मध्यरातमा बालुवाटार, बिहान २ बजेसम्म छलफल

आज होला त सहमति ?

अनशनरत डाक्टर गोविन्द केसीका प्रतिनिधि हिजो मध्यराति बालुवाटार पुगेका छन् । दिउँसो भएको वार्ता भाँडिएपछि केसीका प्रतिनिधि अभिषेकराज सिंह र सुरेन्द्र भण्डारी मध्यराति बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री केपी ओलीले केसीका प्रतिनिधिसँग झण्डै तीन घण्टा छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ । राति साढे ११ बजे पुगेका केसीका प्रतिनिधिसँग प्रधानमन्त्री ओलीले बिहान २ बजेसम्म छलफल गरेका थिए ।

मध्यराति चिकित्सा शिक्षा विद्येकका विषयमा छलफल भएको डा. केसीका प्रतिनिधि सिंहले जानकारी दिए । उनका अनसार आज सहमति हुने सम्भावना छ । रातिको वार्ता प्रधानमन्त्री केपी ओलीको निजी चिकित्सक दिव्यसिंह शाहले गरेकी थिइन् ।

प्रकाशित समय १२:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु