गृहपृष्ठ नेपाल वायुसेवाको दोस्रो वाइडबडी जहाज पनि आइपुग्यो काठमाडौं
नेपाल वायुसेवाको दोस्रो वाइडबडी जहाज पनि आइपुग्यो काठमाडौं

नेपाल वायु सेवा निगमको दोस्रो वाइडबडी जहाज पनि काठमाडौं अवतरण गरेको छ । ए ३०३-२०० सिरिजको मकालु विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
नयाँ विमानलाई पर्यटन मन्त्रालय र निगमका अधिकारीले स्वागत गरेका छन् । निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग १२ अर्ब रुपैयाँमा किनेर नेपाल ल्याएको हो ।
यससँगै प्राधिकरणसँग दुर्इवटा वाइडबडी विमान भएका छन् । असार २४ गते वाइडबडी विमान ल्याएको प्राधिकरणले परीक्षण उडानसमेत गरिसकेको छ ।
प्रकाशित समय १२:२३ बजे