गृहपृष्ठ नाडाको अध्यक्षमा शम्भु दाहाल निर्वाचित
नाडाको अध्यक्षमा शम्भु दाहाल निर्वाचित
काठमाडौं।नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन(नाडा)को अध्यक्षमा शम्भु दाहाल निर्वाचित भएका छन्। नाडाको सोमबार भएको निर्वाचनमा दाहाल निर्वाचित भएका हुन्।दाहालका प्रतिस्पर्धी राम कँडेल थिए।दाहालले ६ सय ६० मत पाए भने कँडेलले ६८ मत पाए।दाहाल यसअघि नाडाका उपाध्यक्ष थिए।उनी सिप्रदी ट्रेडिङका निर्देशक हुन्।नाडाको सदस्यमा सबै दाहाल पक्षका निर्वाचित भएका छन्।
नाडाको १४ सदस्य पदमा कृष्णप्रसाद दुलाल,करणकुमार चौधरी,अभिक ज्योती,सुनिल रिजाल,सुरेन्द्रकुमार उप्रेती(सुरेश),अनुपकुमार बराल,विक्रम सिंघानिया,प्रकाश कपुरी,सुरज भट्टरार्इ,दीपक अग्रवाल,मिलनबाबु मल्ल,पंकज अग्रवाल,नन्दकिशोर शाही र निलमणि पाठक(राम) निर्वाचित भएका छन्।
नाडाका नवनिर्वाचित अध्यक्ष दाहालले सामूहिक नेतृत्वमार्फत अटोमोबाइल क्षेत्रको विकास र विस्तारमा प्रतिवद्ध हुने बताएका छन्।
प्रकाशित समय ०८:३७ बजे

















