गृहपृष्ठ ज्योति विकास बैंक एघारौं वर्षमा
ज्योति विकास बैंक एघारौं वर्षमा
ज्योति विकास बैंक स्थापनाको दशौं वर्ष पूरा गरी एघारौं वर्षमा प्रवेश गरेको छ । २०६५ साल साउन ९ गते भएको बैंकले एघारौं वर्ष प्रवेशको अवसरमा ज्योति रेमिट तथा ज्योति स्मार्ट मोबाइल बैंकिङको औपचारिक शुभारम्भ गरेको छ ।
त्यस्तै, वार्षिकोत्सवका अवसरमा बैंकले कमलादीस्थित प्रांगणमा तथा सिमरा शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले असार अन्तिम साता मुस्ताङमा भएको सवारी दुर्घटनामा श्रीमानसहित सबै परिवार गुमाउन पुगेकी रोल्पा थवाङ गाउँपालिका–५, उवाकी २१ वर्षीया लीलासरी पुनमगरलार्इ बैंकमा रोजगारी दिने भएको छ । त्यस्तै, उनको पाँच वर्षे छोरालार्इ बैंकले कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्नेछ ।
सोही अवसरमा बैंकले विराटनगर शाखाबाट श्री जनचेतना आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी प्रदान गरेको छ भने देवघाट शाखाबाट देवघाट समाज कल्याण केन्द्रका वृद्धवृद्धालाई फलफूल, खाजा तथा रुमाल वितरण गरेको छ ।
ज्योति विकास बैंकले हाल देशभरका ६० शाखा र २० एटिएममार्फत सेवा प्रदान गरिरहेको छ । यसै वर्ष १० वटा नयाँ शाखा खोल्ने बैंकले जनाएको छ । ज्योति विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५९ करोड ३६ लाख रूपैयाँ छ ।
प्रकाशित समय १२:१३ बजे

















