गृहपृष्ठ मेगा बैंकले २४ घण्टाभित्र साना तथा मझाैला कर्जा स्वीकृत गर्ने

मेगा बैंकले २४ घण्टाभित्र साना तथा मझाैला कर्जा स्वीकृत गर्ने

 

साना तथा मझौला व्यवसायीलार्इ मेगा बैंकले विशेष प्राथमिकता दिएको छ । मेगा बैंकले २४ घण्टाभित्र साना तथा मझौला व्यवसायलाई कर्जा स्वीकृत गर्ने भएको हो । स्वीकृत भएको ७ दिनभित्र बैंकले व्यवसायीलाई कर्जा उपलब्ध गराउनेछ । ज्ञान तथा सीप र दक्षताको कदर गर्दै साना तथा मझौला व्यवसायलाई लक्षित गरी नयाँ कर्जा योजना ल्याएको बैंकले जनाएको छ ।

बैंकले साना तथा मझौला व्यवसाय सञ्चालनका लागि न्यूनतम १० लाख रुपैयाँभन्दा कर्जा प्रवाह गर्नेछ । ‘तपार्इंको व्यवसायमा निरन्तर साथ’ भन्ने नाराका साथ आयमूलक, कृषि, स्टेसनरी र किराना पसल सञ्चालन गर्न बैंकले ऋण दिनेछ । यस्तै घर र गाडी कर्जामा पनि विशेष सुविधा दिने बैंकले जनाएको छ ।

प्रकाशित समय १२:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु