गृहपृष्ठ ककनीमा आकस्मिक अवतरण गरिएको हेलिकोप्टर राजधानी फर्कियो

ककनीमा आकस्मिक अवतरण गरिएको हेलिकोप्टर राजधानी फर्कियो

मौसम बिग्रिएपछि काठमाडौ स्थित ककनीमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्सको हेलिकोप्टर त्रीभुवन अन्तराष्ट्रिय विमानस्थलमा फर्किएको छ ।  चितवनबाट बिरामी लिएर आएको उक्त हेलिकोप्टर बुधबार अपरान्ह ककनी–१, मगटामा आकस्मिक अवतरण गरिएको थियो । बाक्लो कुहिरोका कारण राजधानी प्रवेश गर्न नपाएको उक्त हेलिकोप्टर राति मगटामै अवतरण गरिएको हो ।

हेलीकोप्टर बिहान ६ः४५ मा विमानस्थलका लागि उडेको वरिष्ठ प्रहरी उपरिक्षक शैलेस थापाले जानकारी दिए ।चितवनबाट क्यान्सर रोगी खगराज अधिकारी लिएर आएको उक्त हेलीकोप्टर ग्राण्डी अस्पताल अवतरण गर्नु पर्ने थियो ।

हेलिकोप्टरबीच बाटैमा रोकिएपछि त्यहाँबाट विरामीलाई एम्बुलेन्समा हिजै अस्पताल पुर्याइएको छ । हेलिकोप्टरमा ग्राण्डी अस्पतालका डा. अजय सिंह, नर्स अनु शाही र पाइलट प्रिया अधिकारी समेत सवार थिए ।

प्रकाशित समय ०७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु