गृहपृष्ठ कांग्रेस उपसभापति निधि र प्रधानमन्त्रीका सल्लाहकार रिमालबीच ‘वाक युद्ध’
कांग्रेस उपसभापति निधि र प्रधानमन्त्रीका सल्लाहकार रिमालबीच ‘वाक युद्ध’
संवैधानिक परिषद 'गफाडीहरूको क्लब' !
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालबीच सामाजिक संजाल ट्विटरमा सवाल जवाफ चलेको छ । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्याधीश दीपकराज जोशीलाई अस्वीकृत गरेपछि उपसभापति निधिले ट्विट मार्फत प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका थिए ।
उनले भनेका छन्, ‘आफ्नै अध्यक्षताको संवैधानिक परिषद्बाट आफैंले गरेको प्रधानन्यायाधीश नियुक्ति सिफारिसलाई प्रधानमन्त्री ओली आफैंले संसदीय सुनुवाइ समिति मार्फत् अस्वीकार गर्न लगाउनु घोर अनैतिक र अधिनायकवादी काम हो । न्यायलयमाथि नाङ्गो प्रहार हो । अदालत र न्यायाधीशलाई कठपुतली बनाउन खोज्नु आपत्तिजनक हो ।’
आफ्नै अध्यक्षताको संबैधानिकपरिषदबाट आफैले गरेको प्रधानन्यायाधीश नियुक्तिकालागि सिफारिसलाई प्रधानमंत्री ओली आफैले संसदीय सुनुवाइ समिति मार्फत् अस्वीकार गर्न लगाउनु घोर अनैतिक र अधिनायकवादी काम हो।न्यायलयमाथि नाङ्गो प्रहार हो।अदालत र न्यायाधीशलाई कठपुतली बनाउन खोज्नु आपत्तिजनक हो।
— Bimalendra Nidhi. (@BimalendraNidhi) August 3, 2018
लगत्तै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालले निधिको ट्विटमा रिप्लाइ गरेका छन् । उनेले भनेका छन्, ‘निधि जी, संसदीय सुनवाई समिति के हो ? बोधार्थ समिति ? कठपुतली समिति ? या सहिछाप समिति ? सांसदहरूले त्यहा सोध्ने प्रश्न नाटक मात्रै हो ? त्यो समितिले ठप्पा मात्रै लगाउने हो भने समयको बर्बादी किन? सोचेरै बोलौं है ! यहाँहरू त स्वयं नै “लोकतन्त्र“ र “संसदीय“ राजनीति हुनुहुन्छ क्यारे !’
निधि जी,
संसदीय सुनवाई समिति के हो?
बोधार्थ समिति?
कठपुतली समिति?
या सहिछाप समिति?
सॉसदहरूले त्यहॉ सोध्ने प्रश्न नाटक मात्रै हो?
त्यो समितिले ठप्पा मात्रै लगाउने हो भने समयको बर्बादी किन?
सोचेरै बोलौं है! यहॉहरू त स्वयं नै “लोकतन्त्र” र “संसदीय” राजनीति हुनुहुन्छ क्यारे?!— Bishnu Rimal (@BishnuRimal) August 3, 2018
रिमालको प्रश्नलाई निधिले जवाफ दिएका छन्, उनले भनेका छन् , ‘प्रिय श्रीविष्णुजी, कार्यपालिका,न्यायपालिका र व्यवस्थापिका (सबैका प्रमुखहरु रहेका संवैधानिकपरिषद के हो नि? गफाडीहरूको क्लब ?वा ठमेलको बार हो ? त्यहाँ प्रस्ताव र निर्णय गर्ने बेलामा के सबैले भांग खाएका थिए ?(महाकालीसन्धि ताका ओलीजीले बिरोधीलाई के ‘भांग’ खाएर सही गरेको हो ? भने जस्तै!’
प्रिय श्रीविष्णुजी,
कार्यपालिका,न्यायपालिका र व्यवस्थापिका -सबैका प्रमुखहरु रहेका संबैधानिकपरिषद के हो नि?
गफाडीहरूको क्लब ?
वा ठमेलको बार हो?
त्यहाँ प्रस्ताव र निर्णय गर्ने बेलामा के सबैले भांग खाएका थिए?(महाकालीसन्धि ताका ओलीजीले बिरोधीलाई के”भांग”खाएर सही गरेकोहो?भने जस्तै!) https://t.co/GTZXVRhOgR— Bimalendra Nidhi. (@BimalendraNidhi) August 4, 2018
प्रकाशित समय ०९:१९ बजे
















