गृहपृष्ठ पक्राउ परे विभागबाट २९ जना बिचौलियाहरु
पक्राउ परे विभागबाट २९ जना बिचौलियाहरु
काठमाडौं । प्रहरीले बैदेशिक रोजगार विभागबाट २९ जना विचौलियालाई पक्राउ गरेको छ । बैदेशिक रोजगारीमा जान लागेका सेवाग्राहीबाट १० गुणाभन्दा बढी रकम लिने, सेवाग्राहीलाई सिधै कार्यालमा जान रोक्नेलगायतका गुनासो आएपछि पुगेको प्रहरीले ३ महिलासहित २९ जना विचौलियालाई पक्राउ गरेको हो ।
बुधबार साढे ११ बजे ताहाचलस्थित श्रम तथा वैदेशिक रोजगार विभागमा पुगेको प्रहरीहरु सेवाग्राही बनेर पुगेका थिए । उनीहरुलाई विचौलियाले तानातान गरी कामको बारेमा सोध्ने र बार्गेनिङ गर्ने गरेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहनकुमार थापाले जानकारी दिए ।
प्रकाशित समय १६:१० बजे

















