गृहपृष्ठ नबिल बैंकले ११.५ प्रतिशत ब्याजमा ३ करोडसम्म कर्जा दिने

नबिल बैंकले ११.५ प्रतिशत ब्याजमा ३ करोडसम्म कर्जा दिने

 

नबिल बैंकले ११.५ प्रतिशत ब्याजमै कर्जा उपलब्ध गराउने भएको छ । नबिल एसएमई फास्ट ट्रयाक लोन योजनाअन्तर्गत एक वर्षसम्म ब्याजदर नबढ्ने, सरल प्रक्रिया, न्यूनतम ५ लाखदेखि ३ करोड रुपैयाँसम्म कर्जा पाइने बैंकले जानकारी दिएको हो । बैंकले ट्रेकिङ, उद्योग र सेवा क्षेत्रमा कर्जा प्रवाह गर्नेछ ।

मुद्धति निक्षेपमा १०.५ प्रतिशत ब्याज दिइरहेको नबिलले ११.५ प्रतिशत ब्याजमै कर्जा दिने योजना अघि सारेको हो । प्रक्रिया सुरु गरेको पाँच दिनमै कर्जा दिने बैंकले जनाएको छ । नबिलको आधार दर ७.३८ प्रतिशत छ ।

प्रकाशित समय १२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु