गृहपृष्ठ प्रदेश ७ को नाम के र राजधानी कहाँ राख्ने ? विवाद बढ्दै
प्रदेश ७ को नाम के र राजधानी कहाँ राख्ने ? विवाद बढ्दै
प्रदेश ७ को राजधानी डोटीको दिपायललाई बनाउन माग गर्दै निकालिएकाे र्याली
प्रदेश ७ को राजधानी डोटीको दिपायललाई बनाउन माग गर्दै डोटीबासी धनगढी पुगेका छन् । यसअघि राजधानीकै लागि लगातार ६४ दिनसम्म डोटीमा आन्दोलन गरेको सघर्ष समिति प्रदेश राजधानी र नामका बारेमा प्रदेशसभामा प्रक्रिया अघि बढेसगै धनगढी पुगेको हो ।
समितिले मंगलवार मुख्यमन्त्री र सभामुख अर्जुनबहादुर थापालाई भेटेर डोटी राजधानी तोक्न माग गरेको छ । ज्ञाननपत्र बुझाउनुअघि धनगढी चौराहादेखि प्रदेशसभा भवनसम्म र्याली पनि निकालिएको थियो ।
संघर्ष समितिका संयोजक तथा डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्कालगायतको टोलीले ज्ञापनपत्र बुझाउँदै भौगोलिक अनुकुलता, ऐतिहासिक गौरव, भाषिक तथा सांस्कृतिक पहिचान, पहाडी क्षेत्रको जनसंख्या, भौतिक पूर्वाधार र सुरक्षा तथा सामरिक महत्वलाई ध्यान दिँदै पहाडमा राजधानी तोक्न दबाब दिएको हो ।
यसअघि पनि समितिले ६४ दिन डोटीमा आन्दालन गरे पनि तत्कालिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले धनगढीलाई अस्थायी राजधानी तोकेको थियो ।
साउन १४ गतेको प्रदेशसभा बैठकले प्रदेशको राजधानी र नामाकरणका विषयमा सुझाव संकलन गर्न समिति गठन गरेसँगै समिति पुनः सक्रिय भएको छ । समितिले सोमबार मात्रै प्रदेशको राजधानी र नामाकरणका विषयमा सुझाव संकलन गर्न समितिका सभापति तारा लामा तामाङसँग छलफल गरेको थियो ।
प्रकाशित समय १४:५४ बजे
















