गृहपृष्ठ उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बरबीचको ‘नाता’ तोडियो

उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बरबीचको ‘नाता’ तोडियो

राष्ट्रिय मुद्दामा सहकार्य हुन्छ - चेम्बर

नेपाल चेम्बर अफ कमर्सले नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता त्याग्ने भएको छ । आफूसँग पर्याप्त संरचना र देशव्यापी संगठन भएको भन्दै चेम्बरले महासंघको सदस्यता त्याग्ने भएको हो । यसबारे चेम्बर बोर्ड बैठकले निर्णय नै गरेको वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।

उनका अनुसार महासंघको सदस्यता त्याग्ने निर्णयसहितको पत्र महासंघलाई सोमबारै पठाइएको छ । चेम्बर र महासंघबीच पाँच दशकयता सहकार्य हुँदै आएको थियो । राष्ट्रिय मुद्दामा अझै पनि सहकार्यको सम्भावना भने नतोडिएको मल्लले बताए ।

यसअघि पनि चेम्बरभित्र महासंघको सदस्यता त्याग्ने विषयमा बहस हुँदै आएको थियो । आफूसँग पर्याप्त संरचना र संगठन हुँदाहुँदै महासंघको जिल्ला सदस्यजस्तो भएर बस्नुपरेको भन्दै चेम्बर असन्तुष्ट थियो । तर, निर्णय भने हुन सकेको थिएन । चेम्बर महासंघभन्दा १६ वर्ष कान्छो संगठन हो ।

प्रकाशित समय १५:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु