गृहपृष्ठ सनराइज बैंकले गर्यो ८४ वटा अस्पतालसँग सम्झौता
सनराइज बैंकले गर्यो ८४ वटा अस्पतालसँग सम्झौता
सनराइज बैंक र मनमोहन मेमोरियल सामुदायिक अस्पतालबीच सम्झाैता हुँदै ।
सनराइज बैंकले आफ्ना ग्राहकलाई स्वास्थ्य बिमा योजना प्रदान गर्न देशभरका ८४ वटा निजी अस्पतालसँग सम्झौता गरेको छ । सम्झौता भएका अस्पतालमा बैंकका ग्राहकले स्वास्थ्य परीक्षण गराउँदा ५ देखि २० प्रतिशतसम्म विशेष छुट पाउनेछन् ।
छुट प्राप्त गर्न ग्राहकले बैंकको भिसाकार्ड (डेविट वा क्रेडिट कार्ड) देखाउनुपर्नेछ । साथै, ग्राहकको सहजताका लागि बैंकले एक वर्षसम्मको भिसाकार्ड निःशुल्क प्रदान गरेको छ ।
यसैक्रममा सनराइज बैंक र मनमोहन मेमोरियल सामुदायिक अस्पतालबीच स्वास्थ्योपचारमा १० प्रतिशत छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौता भएका अस्पतालमा भर्ना भई औषधोपचार गर्दा ग्राहकले बैंकबाट १ लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा सुविधा तथा ५ लाख रुपैयाँसम्मको दुर्घटना बिमा सुविधासमेत पाउनेछन् ।
प्रकाशित समय ११:३८ बजे

















