गृहपृष्ठ नवलपरासीमा रोकीराखेका दुई ट्रकमा आगलागी

नवलपरासीमा रोकीराखेका दुई ट्रकमा आगलागी

fire-newskarobar सांकेतिक तस्बिर

 

पूर्वी नवलपरासीको गैंडाकोटमा रोकिराखिएकोे दुई ट्रकमा मंगलबार अागलागी भएको छ ।

भृकुटीचोकमा रोकिराखिएको ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका दुई ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ ।

आगो किन र कसले लगाएको हो भन्नेबारे केही खुलेको छैन । आगलागीबाट ट्रकमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । कपिलवस्तुको चन्द्रौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा गैंडाकोटमा रोकिराखिएको अवस्थामा ती ट्रकमा आगो लागेको थियो ।

प्रकाशित समय १४:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु