गृहपृष्ठ अनुगमनमा अवरोध गर्ने दुई व्यवसायी पक्राउ
अनुगमनमा अवरोध गर्ने दुई व्यवसायी पक्राउ
कालीमाटीस्थित तरकारी बजारको अनुगमनमा गएको सरकारी टोलीलाई अवरोध गरेको भन्दै दुई जना व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आपूर्ति विभागको टोली सोमबार विहान तरकारी बजारको अनुगमनमा गएको थियो । अनुगमनमा गएको विभागको उक्त टोलीलाई अवरोध गरिएको भन्दै दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडा तथा विमल ढुंगाना छन् । उनीहरुलाई टेकुस्थित महानगरीय प्रहरी परिसरमा राखिएको छ ।
अनुगमनका क्रममा अवरोध तथा विवाद भएपछि त्यसबारे बुझ्न आपूर्ति मन्त्री मातृका यादव कालीमाटी पुगेका छन् । यादवले काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई पनि साथै लगेका छन् ।
प्रकाशित समय १३:२९ बजे

















