गृहपृष्ठ गोदावरी नगरपालिकामा अविवाहितलाई पनि कर

गोदावरी नगरपालिकामा अविवाहितलाई पनि कर

 

कैलालीको गोदावरी नगरपालिकाले अविवाहित रहेको प्रमाणित गर्न पनि सिफारिस चाहिने व्यवस्था गरेको छ । अविवाहित रहेको सिफारिसका लागि नगरपालिकाले २ सय ५० रूपैयाँ शुल्क तोकेको छ ।

दुई दशकदेखि स्थानीय तहको निर्वाचन नभएर सास्ती खेपिरहेका जनता एक वर्षअघिसम्म सिंहदबार घरैछेउ आउने भनेर खुसी थिए । तर, जनप्रतिनिधिले मनपरी करको भारी बोकाउन थालेपछि उनीहरुमा निराशा छाएको छ ।

गोदावरी नगरपालिकाले वडा र नगरपालिकाबाट प्रदान गरिने सिफारिसमै तीन हजारसम्म कर लगाएको छ । अंगीकृत नागरिकता सिफारिसका लागि नगरपालिकाले सबैभन्दा बढी तीन हजार दस्तुर तोकेको हो । वैवाहिक अंगिकृत नागरिकता सिफारिसका लागि एक हजार ५ सय निर्धारण गरिएको छ ।

जन्मसिद्ध नाताले नागरिकता सिफरिस, वंशजको नाताले नागरिकता सिफारिसमा भने एक/एक हजार निर्धारण गरिएको छ । अंग्रेजीमा नाता प्रमाणित, अंग्रेजीमा बसोबास प्रमाणित दस्तुर, अंग्रेजीमा बसोबास, जन्म, मृत्यु र विवाह सिफारिसमा २ सय ५० रूपैयाँ दस्तुर तोकिएको छ । अस्थायी बसोबास प्रमाणितका लागि एक सय ५० रूपैयाँ निर्धारण गरिएको छ । नागरिकता फारामका लागि २० र घटना दर्ताका लागि ५० निर्धारण गरिएको छ ।

प्रकाशित समय १८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु