गृहपृष्ठ शवगृहको जेनेरेटरमा आगलागी हुँदा १२ लाखको क्षति
शवगृहको जेनेरेटरमा आगलागी हुँदा १२ लाखको क्षति
मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतको शवगृहमा राखिएको जेनेरेटरमा आगलागी हुँदा १२ लाखबराबरको क्षति भएको छ । सोबार दिउँसो करिब ३ बजेर ४५ मिनेटमा आगलागी भएको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतले बताएका छन् ।
आगलागीको कारण पत्ता नलागे पनी विद्युत्को तार सर्ट भएर लागेको हुन सक्ने बस्नेतको अनुमान छ । आगलागी भएपछि करिब १५ मिनेटमै वीरेन्द्रनगर नगरपालिकाको दमकल घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको उनले जानकारी दिए । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा रहेको जेनेरेटर केही दिनअघि नै बिग्रिएको त्यहाँ कार्यरत कर्मचारीले नाम नबताउने सर्तमा जानकारी दिए ।
प्रकाशित समय १८:३३ बजे

















