गृहपृष्ठ सुर्खेतमा एक सय ३६ अटाे प्रहरीले नियन्त्रणमा लियाे
सुर्खेतमा एक सय ३६ अटाे प्रहरीले नियन्त्रणमा लियाे
सुर्खेतमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएकाे अटाे । तस्बिर : न्युज काराेबार
अटो चालक अुनमति पत्र लगाएतका कागजातहरु नभएको र मनपरी भाडा असुलेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले अटोहरु नियन्त्रणमा लिने अभियान सुरु गरेको छ । मंगलबारसम्म सुर्खेतमा १ सय ३६ वटा अटो नियन्त्रणमा लिइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जिल्लाका छिन्चु, बोटेचौर, बांगेसिमल, कर्णालीको राजधानीको केन्द्र वीरेन्द्रनगर र बड्डीचौरमा चल्ने अटोहरु नियन्त्रण गरिएको हो ।
सोमबारदेखी ट्राफिक कार्यालय सुर्खेतले अटो नियन्त्रणमा लिँदै आएको हो । अटो खोसीएको भन्दै चालकहरु आन्दोलनमा उत्रीएका छन् । आन्दोलनमा सहभागी अटोचालक शेरबहादुर खत्रीले सुर्खेतमा प्रहरीले मजदुरमाथि ज्यादती गरेको आरोप लगाए ।
अटोचालकहरुले विभिन्न माग राख्दै आन्दोलन सुरु गरेका छन् । माग पूरा नभएसम्म आन्दोलन जारी रहने अटोचालक विवि सोनीको भनाई छ ।

मंगलबार करिब सय अटोचालकहरुले यातायात व्यवस्था कार्यालय, भौतिक पूर्वाधार मन्त्रालय कर्णाली प्रदेश, जिल्ला प्रशासन कार्यालय सुर्खेत र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक–एक घण्टाको धर्ना दिएका छन् ।
सुर्खेतमै अटो चालक अुनमति पत्रका लागि कर्णाली सरकारले पहल गर्नुपर्ने, रुटपरमिट, जाँचपास र बिलबुकको व्यबस्थासमेत सुर्खेतबाटै गर्नु पर्ने लगाएतका माग राख्दै अटोचालकहरु आन्दोलनमा उत्रिएका हुन् ।
मंगलबार सिद्धपाईला यातायात सेवा प्रा.लि. कर्णाली प्रदेशले विभिन्न कार्यालयहरुमा ज्ञापनपत्र बुझाएको छ । प्रत्येक हप्ता अटो चालक अनुमती पत्र खुलाउनु पर्ने र सबै किसिमका कागजातहरु सुर्खेतबाटै उपलब्ध गराउनुपर्ने माग राख्दै प्रा.लि.ले ज्ञापन पत्र बुझाएको पदम बनले बताए ।
उता ट्राफिक प्रहरी कार्यालय सर्खेतका प्रमुख हरी विसी अटोका कारण अत्याधिक सवारी दुर्घटना भएको जनगुनासो आएपछि अटो नियन्त्रण गर्न बाध्य भएको बताउछन् ।
प्रकाशित समय १८:३२ बजे
















