गृहपृष्ठ भेनेजुएलामा शक्तिशाली भूकम्प, सुनामीको खतरा

भेनेजुएलामा शक्तिशाली भूकम्प, सुनामीको खतरा

भेनेजुएलामा ७ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भेनेजुयलाको गुइरिया भन्ने शहर नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
भूकम्पपछि भागदौड मच्चिनुका साथै धेरै भौतिक संरचना भत्किएका छन् । क्षतिको विवरण आउन अझै बाँकी रहेको भेनेजुएलाका संचार माध्यमले उल्लेख गरेका छन् ।

भूकम्पपछि क्यारेबियन सी मा सुनामी आउनसक्ने भन्दै नागरिक त्रसित भएका छन् । भेनेजुएला सरकारले सबैलाई सतर्कता आपनाउन आग्रह गरेको छ ।

प्रकाशित समय ०७:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु