गृहपृष्ठ गृह जिल्ला पुगेका प्रधानमन्त्री अाेली के गर्दै छन् ?
गृह जिल्ला पुगेका प्रधानमन्त्री अाेली के गर्दै छन् ?
फाइल तस्बिर
प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापामा विभिन्न कार्यक्रममा व्यस्त भएका छन् । प्रधानमन्त्री भएपछि ओली दोस्रो पटक गृहजिल्ला पुगेका हुन् । उनलाई आज कमल गाउँपालिका र गौरादहमा नागरिक अभिनन्दन गरिने कार्यक्रम छ ।
त्यस्तै प्रधानमन्त्री ओलीले कमल गाउँपालिका–७ मा आयुर्वेद चिकित्सालय भवनको शिलान्यास गर्ने र गौरादहमा क्षेत्र नं ५ को क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओली आजै अपराह्न काठमाडौँ फर्कने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
प्रकाशित समय ११:३३ बजे
















